काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायरले झुटो खर्च विवरण दिएका छन् । विश्व हिन्दु युवा सँघ डडेल्धुरा, जिल्ला अध्यक्ष रोहन ऐरले मेयर बडायरकाे एक वर्षको पुरै खर्च विवरण पाउँ भन्दै नगरपालिकामा निवेदन दिएका थिए । परशुराम नगरपालिकाले भने पुरै खर्च विवरण दिएको छैन ।
नगरपालिकाले इन्धन खर्च, गाडी मर्मत खर्च, अनुगमन खर्च, उपचार तथा अनुदान खर्च एक वर्षमा कति भयो ? भन्ने बारे कुनै जानकारी नदिएको हो । त्यस्तै नगरपालिकाले मेयरको स्वकीय सचिवलाई जिम्मेवारी दिएको भएता पनि हालसम्म कुनै सुविधा नलिएको दावी गरेको छ । त्यस्तै नगरपालिकाका कर्मचारीको कोठाभाडा खर्च दिने नगरेको जनाइएको छ । अध्यक्ष रोहन ऐरले मेयर बडायरले झुटो खर्च विवरण दिएको बताएका छन् । उनले आफूले निवेदन दिए अनुसारको खर्च विवरण नदिएको पनि दावी गरे ।
‘मेयर ज्युको एक वर्षको कार्यकालमा भएको खर्चको विवरण हेर्दा खर्च विवरण झुटो दिएको स्पष्ट देखिन्छ । नगर प्रमुख र उप प्रमुखको स्वकिय सचिव छन् । तर, तलब भत्ता नलिने गरेको जानकारी दिइएको छ । के यो साँचो होला ? कतापी पनि हुन सक्दैन । अर्को कुरा उपमेयर ज्युको मात्र कोठा भाडा लिएको पाइयो । अरु कोहिँ नलिदा रहेछन् ? अनि उपमेयर ज्यु त करिब सात हजार सम्मको कोठाभाडामा बस्दा रहेछन् । जोगबुढामा ३५०० सयमा कोठा पाइन्छन् । त्यो भन्दा माथि त यताको बजार अनुसार काेठा छैनन् । तर, त्यत्रो महंगो कोठामा बस्नुहुँदो रहेछ उपमेयर ज्यु, अचम्म लाग्यो । इन्धन खर्च, गाडी मर्मत खर्च, अनुगमन खर्च, उपचार तथा अनुदान खर्च एक वर्षमा कति भयो भन्ने बारे किन जानकारी दिन नसकेको नगरपालिकाले ? खर्च विवरण लुकाउनुपर्ने कारण के हो? ’, रोहन ऐरले प्रश्न गर्दै भने ।
त्यस्तै ऐरले उपमेयरको गाडिभाडा मासिक १० हजार कसरी भयो भन्दै आशंका व्यक्त गरेका छन् । ‘उपमेर यताउती कामपर्यो भने नगरपालिकाको गाडीमा सवार गर्नुहुन्छ । अनी उहाँको मासिक गाडीभाडा १० हजार । नगरपालिकाले झुटो खर्च विवरण दिएको छ । यसबारे हामी कानुनी उपचार खोज्छौँ,’, उनले भने ।




प्रतिक्रिया