काठमाण्डु- डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका कार्यकारी प्रमुख तारानाथ पनेरु फरार भएका छन् । उनीमाथि सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ । जसअनुसार स्थानीयहरुले आन्दोलन गर्ने सुचना पाएपछि कार्यकारी प्रमुख पनेरु फरार भएका हुन् ।
पनेरु बिरामी भएको बाहाना गरेर नगारपालिकाबाट फरार भएका विश्व हिन्दु युवा सँघका डडेल्धुरा जिल्ला अध्यक्ष रोहन ऐरले बताए । ‘कार्यकारी प्रमुख पनेरु फरार भएका छन् । उनले गरेको मनपरिविरुद्ध हामीले आन्दोलन र उनीसँग छलफल गर्ने योजना बनाएका थियौँ । हाम्रो योजना थाहापाएसँगै उनी बिरामी भएको नाटक गरेर यहाँबाट हिडेका हुन् । यदि उनले हामीसँग छलफल गरेनन् भने भोलि हामीहरुले चर्को पर्दशन गर्नेछौँ ।’, रोहन ऐरले भने ।
उनका अनुसार पनेरुले नगरपालिकामा भ्रष्टाचार गरेको आरोप पनि लागेको छ । ‘कर्मचारीले कर्मचारी जस्तो हुनुपर्छ, जनताको सेवा गर्नुपर्छ, नेताको गुलामको भाषा प्रयोग गर्नुहुदैन । परशुराम नगरपालिकाका अधिकृत ज्युले आदरणीय परशुराम नगरबासी आमाबुबा, दाजुभाई दिदिबहिनीहरुले सेवा लिन जाँदा अपमान र तुच्छ भाषा प्रयोग गरेको मैले धेरैदिन देखेको छु, कयौं जनताको आँखामा आसु र निरासा भएको देखेको छु ।’ एरले भने ।
उनले आगाडि भने, ‘हाम्रो देशमा २४० वर्ष शासन गरेको राजतन्त्र त जनताको अगाडि सडकमा आएको इतिहास जिउँदो छ । प्रशासकीय प्रमुख ज्यु तपाई परशुरामको राजा त पक्कै होईन ,अनि तपाईलाई कस्तो जनमत चाहिन्छ ? तपाई नेताको सेवा गरेर के हाम्रो नगरमा राजनीति गर्न खोज्नु भएको ? यदि तपाईलाई राजनीति र नेताको भाषा प्रयोग गर्नु छ भने नेपाल सरकारको अधिकृत पदबाट राजीनामा दिएर जनतामाझ गएर चुनाव लडेर तपाईको जनमत लिएर आउनुहोला । पुर्ववडा अध्यक्ष केशब बोहरालाई तपाईंले जुन राजनीतिक पुर्वाग्रह पुर्ण भाषा बोल्नु भएको छ यसको सजाय तपाईले खोजेको जनमतले अवश्य दिनेछ । अझै पनि समय छ तपाईं ले सार्बजनिक स्थानमा आएर माफी माग्नुहोस् । ’
यता पनेरुले भने आफू कतै फरार नभएको बताएका छन् । आफूमाथि लागेको आरोप झुटो भएको दावी उनको छ । ‘कसले गर्छ आन्दालेन, म फरार भएको छैन् । म त नगरपालिकाको कामले फिल्डमा बाहिर आएको छु ।’, उनले भने ।
तर, आफू हाल कुन ठाउँमा रहेको भने पनेरुले खुलाएनन् । ‘ म कुन ठाउँमा छु त्यो मैले भन्न आवश्यक छैन् । तर, म नगरपालिका कै कामले बाहिर आएको छु । मैले कसैसँग छलफल पनि गर्नु छैन् । मैले केशब बोहरासँग कुनै पनि छलफल गर्नु छैन् । कर्मचारी सरुवा गर्ने अधिकार मेरो हो । यसमा हामीले चाहेकोखण्डमा सरुवा गर्न सक्छौँ । यो केशब बोहरासँगको सरोकार होइन । म माथि राजनीतिकरण गरिएको छ र जुन म माथिको आरोप लागेको छ सबै झुटो हो । मैले कसैलाई अभर्द ब्यवहार गरेको छैन्’, उनले भने ।




प्रतिक्रिया