परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारत जाँदै छन्। भारतीय विदेश मन्त्रालयको सहकार्यमा स्वतन्त्र थिंक ट्याङक् ‘अब्जर्भर रिसर्च फाउण्डेशन’ले आयोजना गर्ने ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन उनी नयाँदिल्ली जान लागेका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीले फाण्डेशसनको कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारत सरकारका उच्च अधिकारीसँग भेटघाट गर्नेछन्। मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। रायसिना संवाद सन् २०१६ देखि हरेक वर्ष भारतमा हुँदै आएको छ।