शनिबार परशुराम धाममा विश्व हिन्दु युवा संघ डडेल्धुराले कार्यक्रम गर्दै, भक्तजनलाई उपस्थितिका लागि निमन्त्रणा

शनिबार परशुराम धाममा विश्व हिन्दु युवा संघ डडेल्धुराले कार्यक्रम गर्दै, भक्तजनलाई उपस्थितिका लागि निमन्त्रणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराले यही बैखाख ९ गते कार्यक्रम आयोजना गरेको छ ।

वैशाख शुक्ल तृतीयाका दिनको अवसरमा विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराले परशुराम नगरपालिका स्थित परशुराम धाममा कार्यक्रम गर्ने भएको हो । साथै उक्त संघले हिन्दू धर्मप्रति आस्थावान सम्पुर्ण भक्तजनहरुको गरिमामय उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।

‘अष्टचिरन्जिवी मध्येका एक, विष्णु भगवानका छैटौं अवतार श्री परशुराम भगवानको वैशाख शुक्ल तृतीया अक्षय तृतीयाका दिन यस धर्तीमा ऋषी जमदग्नी र रेणुकाका कोखबाट पाँचौ पुत्रको रुपमा प्रकट भएको दिनको सम्झनामा परशुराम धाममा हाम्रो धार्मिक संगठनले तपशिल बमोजिमको कार्यक्रम राखेको हुदा हिन्दू धर्मप्रति आस्थावान सम्पुर्ण श्रद्धालु भक्तजनहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।’, विश्व हिन्दु युवा संघ डडेल्धुराका जिल्ला अध्यक्ष रोहन ऐरले भने ।