प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनःघातक बनेर फैलिन सक्छ :डब्लुएचओ

प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनःघातक बनेर फैलिन सक्छ :डब्लुएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने, संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्। प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा समेत उनले जोड दिएका छन् ।

यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि एक लाख दुई हजार नाघिसकेको छ ।

जेनेभामा भएको ‘भर्चुअल पत्रकार सम्मेलन’मा बोल्दै उनले पछिल्लो समय यूरोपेली मुलुकमा यो महामारी सुस्ताउँदै गएको बताए । उनले डब्लुएचओले अहिले कडाइ बढाउने विषयमा विश्वभरका मुलुकहरुसँग सहकार्य गरिरहेको समेत बताए ।  तर त्यसका लागि हतारो भने नरहेको उनको भनाई छ,। ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिले भन्दा घातक बनेर फैलिने जोखिम हुन्छ । यदी राम्रोसँग व्यवस्थापन गरिएन भने बढ्दो क्रमको भन्दा घट्दो क्रमको संक्रमण जोखिमपूर्ण हुन्छ ।’