प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । उक्त बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा दुईवटा सम्भावित कार्यसूची रहेका संघीय संसद्का महासचिव भरतराज गौतमले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६-०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।

हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।