दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगमी मंसिर ४ हुने गते हुन गईरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले पनि दल दर्ता गराइसकेका छन् ।