ईश्वर पोखरेलले पार्टी नेतृत्वलाई इगीत गर्दै भने -इमान्दारिता स्खलित भयो,सत्ता अवसरवादले गाँज्यो

ईश्वर पोखरेलले पार्टी नेतृत्वलाई इगीत गर्दै भने -इमान्दारिता स्खलित भयो,सत्ता अवसरवादले गाँज्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको बताएका छन् । प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न शनिवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको बताएका हुन् ।

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री पोखरेलले भने–‘राजनीति क्षेत्रमा कतिसम्म नैतिकताको स्खलन हुँदो रहेछ भने जब त्यो नेतृत्व गर्ने समूहले आफूलाई केन्द्रमा राखेर निर्णय गर्न थाल्छ, हरेक कुराको हिसावकिताब खोज्छ । बाहिर देख्दा त त्यो भव्य देखिएला तर उसले इन्टिग्रिटी लुज गरेपछि त्यो स्खलित हुन्छ ।’ उनले अहिलेको चुनौति भनेको नेतृत्वमा रहेको इमान्दारिताको स्खलनलाई राख्नु रहेको बताए । उनले भने, ‘आफूलाई केन्द्रमा राखेर नीति निर्णय गर्ने, समूहलाई राखेर हैन । अहिले यस्तो प्रवृति बढ्दै गएको छ । म यो पार्टी त्यो पार्टी भन्दिन । सबै पार्टीमा अहिले नैतिकता स्खलित हुँदै गइरहेको छ । यो अवस्था रहुञ्जेलसम्म समाज परिवर्तन हुन सक्दैन ।’

उनले पार्टी नेतृत्वप्रति इगीत गर्दै  भने -‘सत्ता अवसरवादले मानिसलाई यसरी नराम्रोसँग गाँजेको छ कि, यसले समाजलाई समेत असर पुर्याउँछ । यो पक्ष र त्यो पक्ष भनेर म भन्दिनँ तर त्यस्तो ठाउँमा हाम्रो खबरदारी गर्न आवश्यक छ ।’ कार्यक्रममा विमोचन गरिएको वरिष्ठ आँखा चिकित्सक प्रा.डा. रामप्रसाद पोखरेलको जीवनीमाथि बोल्दै मन्त्री पोखरेलले विभिन्न ठूला अवसर आएपनि त्यसलाई त्यागेर आफ्नै भूमिमा काम गर्ने इमान्दार व्यक्तित्व भएको टिप्पणी गरे ।

उनले मानिस भौतिक रुपमा सधैभरी नरहँदा पनि उसका बिचार कर्महरु सधैभरी रहने उल्लेख गर्दै डा. रामप्रसाल पोखरेल अहिले भौतिक रुपमा पनि रहेको र उनका विचारहरु प्रेरणादायी भएको बताए । बिमोचित पुस्तकका बारेमा बोल्दै विभिन्न व्यक्तित्वहरुले डा. रामप्रसाद पोखरेलको प्रशंसा गरे । बेलायतमा डाक्टरी अध्ययन गरेर अमेरिकाको राम्रो अवसरलाई छोडी नेपालमा आँखा उपचारमा निरन्तर सेवा गरेको भन्दै बक्ताहरुले प्रशंसा गरेका थिए ।

नेपालमा पहिलो आँखा अस्पताल खोल्ने, विभिन्न जिल्लाहरुमा आँखा अस्पताल स्थापना र घुम्ति शिविरबाट निःशुल्क आँखाको उपचारमा उनले योगदान पु¥याएका थिए । २०२८ सालमा बेलायतबाट फर्केर उनले २०३१ सालमा गैरसरकारी तबरबाट त्रिपुरेश्वरमा आँखा अस्पताल स्थापनामा भूमिका खेलेका थिए । यस्तै २०३६ सालदेखि २०३८ सालसम्म अन्धोपन सम्बन्धी सर्वेक्षण गरेका थिए । उनको सक्रियतामा चौध अञ्चलमा आँखा अस्पताल सञ्चालन भएको छ । काठमाडौं बाहिर १८ वटा र काठमाडौंमा ४ आँखा अस्पताल स्थापना भएको छ ।