बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताको छलफल, यस्ता छन् एजेण्डा

बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताको छलफल, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्याउनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवासमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ सहभागी रहेका छन् ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे देखिएको विवादबारे छलफल हुने बताइएको छ ।

आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालिन मुद्दालाई कसरी निश्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो ।