ओली सरकारले नै बाँकी अवधि काम गर्छः पार्वत गुरुङ

ओली सरकारले नै बाँकी अवधि काम गर्छः पार्वत गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले वर्तमान सरकारले आगामी दिनमा निरन्तरता पाउने बताएका छन् ।

शनिबार कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को २७ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री गुरूङले केपी शर्मा ओलीको सरकार नै निरन्तर हुने परिस्थिति बनेको बताएका हुन् । ‘निर्वाचनले दिएको मत अनुसार सम्माननीय प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै बाँकी अवधि काम गर्छ’, उनले भने ।

मन्त्री गुरूङले माघ १९ गतेको क्याविनेट बैठकले नेपालका सबै जिल्लाका दुर्गम वस्तीसम्म फाइवर लाइन विस्तार गरी भरपर्दो इन्टरनेट सेवा पुर्याउने निर्णय गरेको जानकारी दिए । उनले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरी सरकारी सेवा फेसलेस, पेपरलेस र अनलाइनबाट उपलब्ध गराउने बताए ।

मन्त्री गुरूङ मोवाइलबाटै सबै सरकारी सेवा लिनसक्ने गरी काम भैरहेको उल्लेख गर्दै उनले अब नागरिकको हातमा भएको मोवाइल नै सिङ्गो कार्यालय हुने बताए । उनले इन्टरनेट शुल्क घटाउनेबारे छलफल भैरहेकोले केही दिनमा नै परिणाम आउने जानकारी दिए ।