हवाई दुर्घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन

हवाई दुर्घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्चका पूर्व न्यायाधिशको संयोजकत्वमा विगत पाँच वर्षमा भएका दुर्घटनालाई आधार मानेर आयोग गठन गर्न सरकारलाई निर्देश गर्ने निर्णय गरेको हो ।

छानबिन आयोगले विगत पाँच वर्षमा भएका हवाई दुर्घटनाहरूको कारण, प्रणालीगत कमजोरी र सुधार आवश्यकतालाई समग्रमा मूल्याङ्कन गर्नेछ।

बैठक सभापति राजकिशोर यादवको सभापतित्वमा सम्पन्न भएको थियो। यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव, कानूनविद् प्रा.डा. युवराज संग्रौला, अधिवक्ता अमृत खरेललगायत पदाधिकारीहरू उपस्थित थिए।

बैठकमा प्रा.डा. संग्रौला र अधिवक्ता खरेलले हवाई सुरक्षा र सम्बन्धित कानूनी तथा नीतिगत व्यवस्थाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। समितिले ती विचारहरू उपयोगी रहेकाे भन्दै धन्यवाद ज्ञापन गरेको छ।