पशुपतिनाथ मन्दिरका ४ वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोल्ने तयारी

पशुपतिनाथ मन्दिरका ४ वटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोल्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पशुपतिनाथ मन्दिरका ४ वटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोल्ने तयारी भएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका ४ वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको ४ वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी ३ वटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले ४ वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथका ४ वटै ढोका बिहान ४ बजे खोलिनेछ ।’

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका ४ वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।