साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिने शास्त्रीय मान्यता समेत रहेको छ । पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिनहरुमा भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ ।

कोषका अनुसार निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था, दर्शन व्यस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखांकन तथा प्रहरी सहायताको व्यवस्था, स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यस्थापन, आन्तरिक सरसफाई तथा फोहोर व्यवस्थापन, भीड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था गरिएकाे छ ।

यस्तै, भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइकमार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था, विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था, भक्तजनको आवतजावत सहजीकरणको लागि निःशुल्क बस सेवाको व्यवस्था , भक्तजनहरूको सहजताकालागि खोज तलास केन्द्रको व्यवस्थालगायतको सुविधा मिलाइएको छ ।

तस्वीरमा हेर्नुहोस्