महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ

महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइँदैछ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आईतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका तयारी गरिएको हो ।

शिवरात्रीका लागि साधुसन्तहरू पशुपति मन्दिर परिसर आइसकेका छन् ।

शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।