पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । नुवाकोट घर भई काठमाण्डु महानगरपालिका १३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।

उनले शिवरात्रिको दिन पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गरेका थिए । प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानमाथि हातपाट गरेका थिए ।

प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो ।