पशुपतिका भट्ट हटाउने हल्ला निराधारः पशुपति क्षेत्र विकास कोष

पशुपतिका भट्ट हटाउने हल्ला निराधारः पशुपति क्षेत्र विकास कोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरेका छन् ।

नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागीपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य–सचिव ढकालले बताए ।