बढी ब्याज दिने बैंक खाज्दै पशुपति क्षेत्र विकास कोष

बढी ब्याज दिने बैंक खाज्दै पशुपति क्षेत्र विकास कोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमणडु – पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।

मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।

हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ«े बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ ।

ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा रु एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।