पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध : वनमन्त्री बस्नेत

पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध : वनमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार वृक्षारोपण गर्दै मन्त्री वस्नेतले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरिएको बताए ।

उनले वातावरणीय दुस्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए । भ–ूसंरक्षण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा समीलगायत विभिन्न प्रजातिका दुई सय बढी विरुवा रोपिएको थियो ।

पशुपति क्षेत्र विकास कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए ।