एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले बागमती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद निर्वाचित भएका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागाईंको मङ्गलबार निधन भएको थियो ।