एमाले नेता चौलांगाईको निधन

एमाले नेता चौलांगाईको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेका नेता पशुपति चौलागाईको निधन भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको मंगलवार सांझ निधन भएको छ ।

कोरोना भाइरसको संक्रमणपछि उनी चार दिनअघि मात्र मनमोहन अस्पतालमा भर्ना भएका थिए । एमालेका प्रभावशाली नेता चौलागाई वागमती प्रदेशका प्रदेशसभा सदस्य समेत थिए । उनी यसअघि एमालेको बागमती अंचलको इन्चार्ज समेत थिए ।

युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।