काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर भोलिदेखि खुला हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुको माघ २३ गतेको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरि शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाण्डु जिल्ला प्रशासनले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने आदेश जारी गरेको थियो ।
कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।




प्रतिक्रिया