प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा विशेष पूजा

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा विशेष पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा विशेष पूजा गरिएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार गर्न लागिएको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले आज बिहान प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै रुद्राभिषेक सहितको विशेष पूजा गरेका हुन् ।

२७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको कोपाध्यक्ष थापाले जानकारी दिए । साथै उनले सवा लाख दिप पनि प्रज्ज्वलन गरिएको जानकारी दिए । पशुपतिनाथमा प्रत्येक दिन ११ हजारदेखि २५ लाख सम्मका भिन्न भिन्न विशेष पूजा गर्ने चलन छ ।

यसका लागि बुधबार सबैभन्दा पहिलो विशेष पूजा नै प्रधानमन्त्रीको नाममा गरिएको उनको भनाइ छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल होस् र सुस्वास्थ्यको कामना गर्दै दिप प्रज्ज्वलन र कामना देशैभर गरिए पनि पशुपतिनाथ मन्दिरमा गरिएको भने यो पहिलो पूजा हो ।