नेपाली भूभागमा भारतले सडक निर्माण गर्दा सरकार बेखबर : अध्यक्ष राणा

नेपाली भूभागमा भारतले सडक निर्माण गर्दा सरकार बेखबर : अध्यक्ष राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् । नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जिएको राणाले बताए ।

लिपुलेक निर्विवाद रूपमा नेपालको हो भन्दै, राप्रपा अध्यक्ष राणाले सरकारले कुटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए । राणाले ट्वीट गर्दै भने, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ ।

नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ ।’ उलने भने, ‘यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ । तत्काल कुटनीतिक पहल गरेर सरकारले नेपाली भूमी सुरक्षित गर्नु पर्दछ ।’