सरकारले क्रुर दमन गरेर नागरिकको नैसर्गिक अधिकार दबाउन खाेज्योः राप्रपा अध्यक्ष राणा

सरकारले क्रुर दमन गरेर नागरिकको नैसर्गिक अधिकार दबाउन खाेज्योः राप्रपा अध्यक्ष राणा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका छन् ।

आज सोमबार काठमाण्डुको भद्रकालीमा भेला भएर पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएपछि सो क्रममा दुई पक्षबीच झडप भएको थियो ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरीरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले भने ।

राणाले पृथ्वीनारयाण शाहको सालिकमा माल्यार्पण गरेपछि भने, ‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ ।’

राप्रपाले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्पण ब्याङ्केटमा जलपान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकता तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।