पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद


काठमाडौं – तिलगंगा–ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।

बुधवार काठमाडौ ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचितप्रतिनिधिसभाका सांसद कृष्ण राईसहितको स्थानीयवासीहरुले तत्काल सडक बन्द गर्ने काम स्थगित गरेर यातायात सुचारु गर्न दबाब दिएका छन् । जानकारी नै नदिई कोषले सर्वसाधारण हिड्ने सडक बन्द गर्नु गलत भएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको संरक्षण र सम्र्बद्धन उद्देश्यले सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको छ । सर्वोच्च अदालतको फैसला र युनेस्कोले पशुपती क्षेत्रलाई दुई भागमा विभाजित गरे विश्व सम्पदा सूचिबाटै हटाउने चेतावनी दिएपछि कोषले बाँध्यभएर पटक–पटकको अवरोध पन्छाउदै पर्खाल लगाउने काम अगाडि बढाएको थियो । तर स्थानीयले पुनःपर्खाल लगाउने काममा अवरोध सृजना गरेका छन् । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement