स्वच्छ मासुको पोस्टरमा गाइको तस्वीर छापेपछि पशुसेवा विभागले माग्यो माफी

स्वच्छ मासुको पोस्टरमा गाइको तस्वीर छापेपछि पशुसेवा विभागले माग्यो माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मासु प्रवर्द्धन गर्ने विज्ञापनमा गाईको फोटो परेकोपछि पशुसेवा विभागले माफी मागेको छ ।

मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभाग विवादमा तानिएपछि मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै गाईको तस्बिर विज्ञापन पोस्टरमा भूलवश पर्न गएको भन्दै माफी मागेको छ ।

जारी विज्ञप्तिमा विभागले भनेको छ, ‘पशुसेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुरको बा२झ ३८११ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारको लागि राखिएका पोष्टरमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश अन्यत्र पर्न गएकोमा सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवालाहरुले उठाउनुभएको गुनासोप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभागले उक्त त्रुटि सच्याइसकेएको जानकारी दिँदै प्राविधिक कारणले त्रुटि भएकोमा क्षमा याचना गरेको विभागका महानिर्देशक डा. वंशी शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिकांश नेपालीहरुले गाईलाई भगवानको रुपमा अझ ‘माता’को रुपमा लिने हुनाले नेपालमा गाई, गोरुको वधलाई पूर्णतया निषेध गरिएको छ ।