काठमाण्डु उपत्यका छोड्न कडाई, दाहसंस्कारमा जाँदा पनि पास

काठमाण्डु उपत्यका छोड्न कडाई, दाहसंस्कारमा जाँदा पनि पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यका बाहिर जान थप कडाई गरेको छ । प्रशासनले यसअघि अत्यावश्यक कामका लागि जान दिएपनि अब भने स्थानीय तहको अनुमति अनिवार्य गरेको हो ।

अत्यावश्यक अवस्थामा उपत्यकाबाहिर जाने सवारीसाधनको पासका लागि गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र तथा स्थानीय तहको सहमतिको पत्र अनिवार्य चाहिने भएको छ ।

दाहसंस्कार, कर्मचारीको सरुवालगायत अत्यावश्यकीय कामका लागि मात्र उपत्यकाबाहिर जान दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसका लागि निवेदन दिने व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्नेछ ।