लकडाउनमा विवाहका गाडीलाई पास नचाहिने

लकडाउनमा विवाहका गाडीलाई पास नचाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवाहमा प्रयोग हुने सवारी साधनलाई पास नचाहिने भएको छ । जिल्ला प्रशासन काठमाण्डुले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्नेहरुले प्रयोग गर्ने सवारी साधनलाई सवारी पास नचाहिने व्यवस्था गरको हो ।

जिप्रका कार्यालय काठमाण्डुका अनुसार दुलहा दुलही सहित १५ जनासम्म ब्यानर लगाएका २ बटा सवारी साधन प्रयोग गरी जिल्ला भित्र वा अन्तर जिल्लामा आवजजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने भएको हो । तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएका जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने छ ।

यस्तै विवाह र व्रतन्वन्धमा सहभागि भइ अन्यत्र जिल्लाबाट फर्नकुपर्ने भएमा भने चालक सहित बढिमा सात जना सम्मका लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नु पर्ने छ ।