काठमाण्डु – राहदानी विभागले पासपोर्ट छपाइका लागि २ वटा कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
विभागले सोमबार जर्मन कम्पनीहरू म्युहलबाउर आइडी सर्भिससँग प्याकेज १ र भेरिडाससँग प्याकेज २ सम्झौता गरेको हो ।
सम्झौतामा विभागका तर्फबाट महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका तर्फबाट एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष फाबियोला बेलरशेमले हस्ताक्षर गरेका छन् ।
आगामी ५ वर्षभित्र ६४ लाख विद्युतीय राहदानी छाप्न ८ अर्ब ६ करोड ३२ लाख १३ हजार रुपैयाँको ठेक्का सम्झौता भएको छ ।
विभागले गत जेठ २२ गते सम्झौताका लागि आशयपत्रको सूचना प्रकाशित गरेको थियो । प्रतिस्पर्धी कम्पनी आइडिमियाले सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन दिए पनि समितिले विभागकै निर्णयलाई सदर गरेपछि विभागले सम्झौता गरेको छ ।
सम्झौता भइसकेकाले अब पासपोर्ट छपाइको कार्य अगाडि बढ्ने विभागले जनाएको छ ।




प्रतिक्रिया