राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो

राहदानी विभागले कार्यालय समय १ घण्टा बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – काठमाडौमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ। विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ।

सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय शुक्रबारदेखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ। आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ।

सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानीसम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए। थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वास व्यक्त गरे।

यस्तै विभागले राहदानीबाहकलाई राहदानीको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ। राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ।