राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाट पक्राउ

राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

सोमबार अख्तियारले महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट पक्राउ गरेको हो। 

स्रोतका अनुसार अर्याललाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बोलाएको थियो। 

राहदानी विभागका महानिर्देशक अर्यालअघि प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख प्रेमकुमार राईसँग पनि सोही विषयमा छलफल गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री कार्यलयमा छलफलमा पुगेका अर्याललाई त्यहीबाट अख्तियारले पक्राउ गरेर लगेको हो। 

अहिले राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएको छ। अहिले दुईवटा जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोस क‍म्पनीले राहदानी छपाइको लागि टेण्डर पाएको छ।