आठ वर्षमा साढे ५७ लाखले लिए एमआरपी, सबैभन्दा बढी पुरुष

आठ वर्षमा साढे ५७ लाखले लिए एमआरपी, सबैभन्दा बढी पुरुष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ। एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन्। सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो।

त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार ९७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ। विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन्। ४६ लाख ३३ हजार ९६५ पुरुष र ११ लाख ६ हजार ९८० महिलाले एमआरपी लिएको छ।

यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ। राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।