पशुपतिनाथमा भक्तजन र साधुसन्तको भिडभाड, तस्बिरहरू हेर्नुहोस्


काठमाण्डु- पशुपति क्षेत्रमा लाग्ने महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ ।

331266760_6671585052856011_7561262375967319597_n.jpg1676682237.jpg331266757_1327627301404829_3570856271091067427_n.jpg1676682236.jpg331235317_535504118612223_6304654989607072405_n.jpg1676682235.jpg331234084_556458756445576_6114944971112036038_n.jpg1676682234.jpg330932160_599068898736994_359590741787188905_n.jpg1676682230.jpg330930195_877674703342728_7464997246379381368_n.jpg1676682229.jpg330918878_1924745144530039_545596842473051569_n.jpg1676682228.jpg329675523_5974290519305028_541808761339116581_n.jpg1676682224.jpg

प्रतिक्रिया दिनुहोस
Advertisement