तिहारका लागि भित्र्याइएका ७ लाख मूल्य बराबरका पटाका बरामद

तिहारका लागि भित्र्याइएका ७ लाख मूल्य बराबरका पटाका बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – तिहार र छठ पर्वलाई लक्षित गरी चोरीतस्करीमार्फत भित्र्याइरहेको ७ लाख ६६ हजार ८७६ रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित विस्फोटकजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको टोलीले भद्रपुर नगरपालिका–३ स्थित मेचीपारी नजिकै झोलुङ्गे पुल वरिपरि साढे ४ बजे बिहान ७ बोरा पटाका बरामद गरेको डीएसपी सुमन पोखरेलले जानकारी दिए ।

भारतबाट तस्करहरूले मेची नदी तैरिएर टाउकोमा बोकेर नेपाल भित्र्याउने क्रममा प्रहरीले रोक्दा तस्कर समूह पटाका बोराहरू छोडेर भागेको थियो ।

बरामद १९ विभिन्न प्रकारका पटाकाहरू मंगलबार सशस्त्र प्रहरीको उपस्थितिमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको अगाडि नष्ट गरिएको थियो । पछिल्लो समय मेचीपारस्थित झोलुङ्गे पुल वरिपरि ठूलो मात्रामा भन्सार छलीका सामान र पटाका भित्रिने गरेको पाइएको छ ।