सशस्त्र प्रहरीद्वारा मेहता टोलबाट पटाका बरामद

सशस्त्र प्रहरीद्वारा मेहता टोलबाट पटाका बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलस्थित सीमा ईलाकाबाट आईतबार सशस्त्र प्रहरी बलको टोलीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बरामद गरेको छ ।

भारतबाट अवैध रूपले अपरिचित व्यक्तिले बोकेर ल्याउँदै गरेको पटाका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले बरामद गरेको हो ।

बरामद पटका स्थानीय जनप्रतिनिधि तथा भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्रका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।