२० दिनमा सक्नेगरि पाटन विमानस्थलको कालोपत्रे सुरु

२० दिनमा सक्नेगरि पाटन विमानस्थलको कालोपत्रे सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – निर्माणाधिन पाटन विमानस्थलको कामले तिव्रता पाएको छ । २०७५ असारमा कालोपत्रे गरिसक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको उक्त विमानस्थलमा तोकेको समयभन्दा झण्डै १६ महिनापछि कालोपत्रेको काम सुरु भएको हो ।

निर्माण सामग्री र मेसिनको अभावमा तोकेको समयमा कालोपत्रे हुन नसकेको विमानस्थल कालोपत्रेमा संलग्न इन्जिनियर पुरन रावलले जानकारी दिए । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौँडाईको धावनमार्ग कालोपत्रे भइरहेको छ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन पनि कालोपत्रे भइरहेको छ ।

करिब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको विमानस्थलमा अबको २० दिन भित्रमा कालोपत्रे गर्ने काम सम्पन्न हुने इन्जिनियर राववले बताए । विमानस्थलमा कालोपत्रे सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् । २०३२ सालमा निर्माण थालिएको र २०३५ सालदेखि हवाई सेवा सुरु भएको यो विमानस्थल २०५२ सालदेखि बन्द भएको थियो ।

यस विमानस्थल सुचारु भएमा दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडीको सात बैनी भगवतीका मन्दिर, सात भाई केदारका मन्दिर र पातालभुवनेश्वर धाम लगाएत डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने स्थानीयबासी बताउँछन् ।