पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पाटन अस्पतालमा एक जना कोरोना आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका  उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको जानकारी दिए । उनको मृत्युको कारण खुल्न नसकेको डाक्टर शर्माले जानकारी दिए । मृतकको परिचय खुलाइएको छैन् । आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन् ।