काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत वीरगञ्जका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।
मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका उक्त पुरुषलाई स्टार अस्प्तालबाट रिफर गरिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया