कोरोना संक्रमणबाट ललितपुरमा थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुरमा थप ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत काठमाण्डु निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ ।