पाटन अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  चितवन स्थायी ठेगाना भएर ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ४९ वर्षीय पुरुषको बिहीबार बिहान उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

अस्पतालका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो। संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।  नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।