काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब २ बजे भक्तपुरकी महिलाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर थिमीकी ४० वर्षकी महिलामा अस्पताल भर्ना हुनु अघि नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।
बुधबार साँझ अस्पताल भर्ना भएकी महिला मिर्गौला रोगबाट पीडित थिइन् ।




प्रतिक्रिया