दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक बिहीबार जिल्ला अदालत काठमाण्डुमा उपस्थित भएका थिए ।

प्रहरीको साइबर ब्युरोले ३ दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।

बिहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।