घुसकाण्डः ७८ लाख धरौटी बुझाएर छुटे पूर्वआयुक्त पाठक

घुसकाण्डः ७८ लाख धरौटी बुझाएर छुटे पूर्वआयुक्त पाठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा भएका छन्।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।

उनी नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा बुधबार रिहा भए। पाठक बुधबार मात्र अदालतमा उपस्थित भएका थिए।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।