पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध

पठाओ राइडरलाई ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पठाओ राइडरले ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले राइड सेयरिङ कम्पनीसँगको सहमतिमा प्रोटेक्टिभ गेयर लगाउन रोक लगाएको हो ।

मंगलबार कम्पनीका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले अफलाइन राइडको विकृतिलाई रौक्न र राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले पठाओको लोगोसहितको कपडा प्रयोग नगर्न आग्रह गरेका छन् । उनले पठाओको सेवा बन्द नभएको पनि जानकारी गराएका छन् ।

अफलाइन यात्रु बोक्ने प्रचलनले बढ्दा यात्रुको बिमा नहुने र अन्य समस्याहरु बढेर गएको पाइएको पठाओले जनाएको छ ।