काठमाण्डु– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद महेन्द्र शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए ।
वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्नेमात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उनले बताए।
सांसदद्वय रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, विभिन्न निकायमा नियुक्त गरिने सल्लाहकारको सङ्ख्या घटाइनुपर्ने, युवा नीतिमार्फत युवालाई उद्यममा जोड्नुपर्ने, पठाओ, इनड्राइभ, यङ्गुलगायतले युवालाई रोजगारी दिएकाले यसलाई कानुनी रुपमा व्यवस्थित गरिनुपर्ने, युवा विकास निर्माण आर्मी गठन गर्नुपर्नेमा उनीहरूले जोड थियो ।




प्रतिक्रिया