एकान्तकुनामा पठाओ चालक कुटिए

एकान्तकुनामा पठाओ चालक कुटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरमा यात्रु बोकेर आइरहेको पठाओ चालक कुटिएका छन् । यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको हड्तालका क्रममा एकान्तकुनामा तीन जना पठाओ चालक कुटिएका हुन् ।

ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको खबर पाएको पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन् ।

उनले यसबारे थप बुझ्न आफ्नो टिम घटनास्थल गइसकेको बताइन् । आन्दोलनकारीले पठाओ चालकलाई रोकी बाइकको साँचो लिनुका साथै हातपात गरेको बताइएको छ ।