काठमाण्डु – राइड सेयरिङ एप पठाओका चालकहरूले कम्पनीले लिने गरेको कमिसन घटाउन माग गरेका छन् ।
सोमबार काठमाण्डुको युएनपार्कमा जम्मा भएर पठाओ चालकहरुले कम्पनीले लिने गरेको कमिसन २० प्रतिशतबाट घटाएर ८ प्रतिशतसम्म झार्नुपर्ने माग गरेका छन् ।
धेरै कमिसन लिँदा आफूहरू मारमा परेको भन्दै पठाओ राइडरहरूले आन्दोलनमा थप कार्यक्रम पनि अघि बढाउने तयारी गरेका छन् । उनीहरुले कमिसन, सस्पेन्डको नियम, बिमाको व्यवस्था लगायतका विषय श्रमजीविको हितमा आवाज उठाउने बताएका छन् ।
साथै राइडरहरूले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने, राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने, कम्पनीले सामान्य नियम नमानेकै करण सस्पेन्ड गर्ने गरेको र कारबाही फर्काउन एक हजार एक सयभन्दा बढी जरिवाना तिर्नुपरेको भन्दै नियम संशोधनको माग पनि गरेका छन् ।
चालकहरुले पठाओले गरिखाने बाटो दिएतापनि राइडरलाई नसोधी यात्रुको मात्रै कुरा सुनेर सस्पेन्ड गर्ने गरेकाले आफुरु पीडित बनेको बताएका छन् ।




प्रतिक्रिया