टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने बताएको हो ।

विद्युतीय सूचना प्रणाली (एप)मार्फत दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्नेछ ।

एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।  दर्ता नगरी उक्त राइड सेयरिङ सेवा चलाउन पाइने छैन ।