लकडाउनले बन्द रहेको पठाओको सेवा सुरु

लकडाउनले बन्द रहेको पठाओको सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनमा बन्द रहेको पठाओले आफ्नो सेवा सुचारु गरेको छ । पठाओका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिँदै सेवा सुचारु गर्ने जनाएका छन् ।

विज्ञप्ति अनुसार सुरक्षाका उपायहरु अपनाएर सेवा सुरु गरिने भएको छ । राईडरहरुले आवश्यक प्रोटेक्टिभ गेयर लगाएर, मास्कसहित सेवा दिएको तथा ग्राहकहरुको लागि स्यानिटाइजरसमेत उपलब्ध गराएर मात्र सेवा सुचारु गरिएको पठाओले जनाएको छ ।

‘अत्यावश्यक अवस्थामा उपलब्ध यो सेवाले विशेषतः यस कम्पनीको सामाजिक दायित्व नै पूरा गर्ने उदेश्य राखेको हुँदा सँधै जसो सामान्य रुपमा सबैको लागि नभएर अस्पताल जान आउन, अत्यावश्यक कार्यको लागि जान आउन र यस्तै मर्दा पर्दाको अवस्थामा मात्र प्रयोग गर्ने गरी बिहान ५ बजेदेखि राती १० बजेसम सरकराले तोकेको समयावधि भित्र मात्र सञ्चालन गरिएको हुादा यसमा अन्यथा रुपमा आपत्ति जनाउनुभन्दा पनि थप सुरक्षित रुपमा के कसरी सेवा प्रदान गर्दा उपर्युक्त हुन्छ भनि सुझाव दिन समेत सबैमा हार्दिक अपलि गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।