पत्रकार महासंघको निर्वाचनः अध्यक्षका लागि ५ जना उम्मेदवार, को को परे ? (सूचीसहित)

पत्रकार महासंघको निर्वाचनः अध्यक्षका लागि ५ जना उम्मेदवार, को को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पत्रकार महासंघको आगामी २५ गते हुने निर्वाचनको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै तर्फबाट रामप्रसाद दाहालले उम्मदवारी दिएका छन् ।

महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उनले उम्मेदवारी दिएको हुन् । यसैगरी स्वतन्त्रतर्फबाट अध्यक्षमा गजेन्द्र बुढाथोकी र दीपक पाठकले उम्मेदवारी दिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई उठाएको छ भने युनियनबाटै रामजी दाहाल उम्मेदवार बनेका छन् ।एमालेकोे नेपाल पक्षधर प्रेस चौतारीका ध्रुव लम्सालले वरिष्ठ उपाध्यक्षका लाग उम्मेदवारी दिएका छन् । यसैगरी सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएकी छन् ।

पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम उठेका छन् । तर सोही गठबन्धनबाट रेमबहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

यसैगरी महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी उम्मेदवार बनेका छन् भने युनियनबाटै राजेश मिश्र पनि उठेका छन्। त्यस्तै सुवोध गौतमले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।

प्रेस युनियनका नकुल अर्यालले खुलातर्फ सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै गठबन्धनबाट माधव नेपालपक्षीय चौतारीका गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन्। खुला सचिवमा जन्मदेव जैसी, यम विरहीले पनि उम्मेदवारी दिएका छन्।

पोखरेल प्यानलबाट सिर्जना अर्यालले महिला सचिवमा बागी उम्मेदवारी दिएकी छन् । सोही प्यानलबाट नारायण किलम्बुले आदिवासी जनजाति सचिवमा उम्मेदवारी दिएका छन्।

सोही प्यानलबाट दीपेन्द्र चौहान, देवकुमार यादव र प्रवीण चौधरीले त्यस्ते मधेसी सचिवमा उम्मेदवारी दिएका छन्। गठबन्धनले हेमकर्ण विकलाई दलित सचिवको उम्मेदवार बनाएको छ तर गणेश विक, गोपाल बराइली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन्।

प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहालले एसोसियट सचिवमा उम्मेदवारी दिएका छन्।

गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेल पनि सोही पदको उम्मेदवार बनेका छन्।

हेर्नुहोस्, उम्मेदवारको सूची: